समाज

न्यायाधीशको संसदीय सुनुवाई आइतबारदेखि

असार ३०, २०७३

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ। 

    समितिका सभापति कुलबहादुर गरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकमा न्यायाधीशका विरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो। बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ। 

    न्यायपरिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]