राजनीति

सरकारले दियो आदित्य दाहाल प्रतिष्ठानलाई १ करोड, ४ भारतीयको नागरिकता खारेज

असार ३१, २०७३

    काठमाडौं : मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधान बमोजिम अघि बढ्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए। 

    चिकित्सा ऐनको मस्यौदा पारित 

    बैठकले ‘नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐन’को मस्यौदालाई संसदमा प्रस्तुत गर्ने निर्णय गरेको राईले बताए। सो मस्यौदाले चिकित्सक डा गोविन्द केसीको मागलाई केही हदसम्म सम्बोधन गर्ने सरकारको दावी छ।

    यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरलाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक मेसिनरी खरिदका लागि २० करोड रुपैयाँ पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। 

    चार भारतीयको नागरिकता खारेज 

    जिल्ला प्रशासन कार्यालय, बाँकेमा झुठो विवरण दिई नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता कानुन बमोजिम रद्द गरी नागरिकता दिने सम्बन्धित कर्मचारीलाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ। 

    ‘गुगल ब्वाइ’ प्रतिष्ठानलाई एक करोड 

    ‘गुगल ब्वाइ’बाट चर्चित आदित्य दाहाल प्रतिष्ठानलाई आवास र सवारी साधन तथा साधना केन्द्र स्थापनाका लागि रु एक करोड अनुदान दिने निर्णय सरकारले गरेको छ। 


    लगानी बोर्डमा नियुक्ति 

    बैठकले लगानी बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै ऋण असुली न्यायाधीकरणको सदस्यमा मानबहादुर अर्याल नियुक्त भएका छन्।
     

    दुई सचिवमा बढुवा 

    बैठकले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]