राजनीति

१३ गते कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

पुस ९, २०७७

    काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विघटनको विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ। आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पुस १३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

      ‘१३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय भएको छ,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले थाहाखबरसँग भने।  

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]