काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई आफू निकटका ल्याउन नसकेको बताएका छन्। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी प्रचण्ड–नेपाल समूहको बैठकमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
'हामीले गृहमन्त्री बादललाई ल्याउन प्रयास गरेका हौँ। तर, उहाँलाई ल्याउन सकेनौँ' उनले भने, 'उपाध्यक्ष गौतमसँग पनि कुरा भइरहेको छ। उहाँ हाम्रो पक्षमा आउनका लागि सकारात्मक नै हुनुहुन्छ।'
'प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गृहमन्त्री बादल गए पनि उनी निकटका नेताहरु अध्यक्ष दाहाल पक्षमै उभिएका छन्। उहाँ एक्लै प्रधानमन्त्री ओलीको पक्षमा जानुभएको छ। उहाँ निकटका सबै नेताहरू हामीसँग नै हुनुहुन्छ' उनले भने, 'हामीसँग थप २३ जना साथीहरु आउनुभएकाे छ।'
पूर्व-माओवादी खेमाबाट गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली कित्तामा पुगेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।