राजनीति

देशलाई नै घात गर्ने दुई अध्यक्षात्मक प्रणाली खारेज गराैं : प्रभु साह

पुस ९, २०७७

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय कमिटी सदस्य प्रभु शाहले देश र जनतालाई घात गर्ने दुई अध्यक्ष प्रणाली खारेज गर्न माग गरेका छन्। उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्। 

    आरोप प्रत्यारोप घेराबन्दीलाई पार्टी एकताको पक्षमा दृढतापूर्वक लागिरहेको उनले बताएका छन्। पार्टी एकतापूर्व एकल अध्यक्ष हुँदा प्राप्त गरेको दुई तिहाइको मत पाएपछिको पार्टी एकतापछि दुई अध्यक्ष प्रणालीमा भएपछि पार्टी र सिंगो देश नै संकटमा पुगेको उनले बताए। 

    मार्कसवादी मान्यता र लेनिनवाद संगठनात्मक सिद्धान्तविपरीत निर्माण भएको दुई अध्यक्ष प्रणाली अवैज्ञानिक भएकाले देशले गम्भीर घात व्यहोर्नुपरेको उनको भनाइ छ। 

    'प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विघटन गरेपछि आत्महत्या गरेको ठहर गर्दै अध्यक्ष पुष्पकमल दाहाल पक्षमा लागेका थिए। तर, प्रचण्ड पक्षले विगतको गल्तीलाई सच्याउनुको सट्टा पुनरावृत्ति गरेको देखियो,' उनले भने। 

    'कुनै आन्दोलनको नेतृत्व, विचार, संगठनमा निर्भर रहन्छ। नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यता नेपालमै असफल सिद्ध भइसकेको छ', उनले भने, 'यस विषयमा विमति जनाउँदा पनि निषेध एवम् निरङ्कुश शैलीमा अगाडि बढाएको विषयमा मेरो असहमति एवम् आपत्ति छ।' 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]