स्थानीय निर्वाचन-२०७९

कोरोनाबाट पोखरामा थप दुई जनाको मृत्यु

पुस ९, २०७७

    पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पोखरामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै प्रदेशमा मृतकहरूको सङ्ख्या एक सय ९० पुगेको छ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

    विज्ञप्तिअनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुषको बुधबार साँझ सवा ५ बजे मृत्यु भएको हो। बुधबार नै कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

    निर्देशनालयका अनुसार ती पुरुषमा निमोनिया, उच्च रक्तचाप लगायतका रोगको सङ्क्रमण रहेको थियो। यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का ७४ वर्षीया महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

    पुस ५ गते सङ्क्रमण पुष्टि भएकी ती महिलाको बुधबार राति साढे आठ बजे मृत्यु भएको हो। ती महिलामा निमोनियाको पनि सङ्क्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]