काठमाडाैं : लोकप्रिय गीत ‘हेर यो मुटुमा चिरा पर्या छ’ को फिमेल भर्सन सार्वजनिक भएको छ।
यसअघि गायक बादल थापाको आवाजमा गीत सार्वजनिक भएको थियो। फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीको स्वर छ। गीत आहा टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा गायक बादल थापाकै शब्द तथा संगीत छ। गीतको भिडियोमा प्रेम सम्बन्धलाई कारुणिक कथामा देखाइएको छ। भिडियोमा कलाकार रोश्नी कार्की, चिरञ्जीवी सापकोटा (जिबी चिरन), समीक्षा पोखरेल, प्रेम पुरीलगायत कलाकारको अभिनय छ।
गायक दुर्गेश थापालाई अतिथि भूमिकामा देखाइएको छ। फिमेल भर्सनमा पनि रोश्नी र चिरञ्जीवीको अभिनय थियो। भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।