जनकपुरधाम : जनकपुरधाममा आज होली मनाइएको छ। बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो। एक अर्कालाई रङ दलेर ज...
काठमाडौं : विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन्। येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ। कोरोनाका कारण क्रिसममिा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ।
क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ। जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित ९कन्या० मारियमको कोखबाट भएको थियो। उनी आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको विश्वास गरिन्छ।
नेपालमा पनि क्रिश्चियनहरुले क्रिसमस मनाउँदै आएका छन्। गणतन्त्र स्थापना र मुलुक धर्मनिरपेक्ष घोषित भएपछि यसलाई औपचारिकरुपमै विभिन्न कार्यक्रम गरेर मनाउने क्रम बढेको छ।
यसै क्रममा राष्ट्रपतिराष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।
यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको विश्वास छ।
राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।