राजनीति

निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह

पुस १०, २०७७

    काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नारा जुलुससहित निर्वाचन आयोग पुगेको छ। संसद् विघटनविरुद्ध आन्दोलन गर्दै आफ्नो पक्षलाई नै  आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेको हो। 

    शुक्रबार माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगेका हो। जुलुसमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी थिए।

    आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको बताइएको छ।

    त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]