फिचर : फोटो फिचर

संसद् विघटनविरुद्ध सडकमै ओर्लिए शीर्ष नेता (फोटो फिचर)

पुस १०, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघर मण्डलाबाट संसद् विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ।
    शुक्रबार प्रचण्ड–माधव समुहका शीर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रियसभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद् विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन्।

    नेताहरुले ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लाकार्डसहित नेताहरु उपस्थित भएका छन्। विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। प्रचण्ड–माधव समूहको बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधिसभाका सांसदहरु लगायतको उपस्थितिमा विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]