समाज

झापामा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

पुस १०, २०७७

    भद्रपुर : झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। 

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-३ सुरङ्गास्थित हरिकुल संस्कृत विद्यालय अगाडि मे१क १४१ नम्बरको स्कुल बस र  मे९प ५५६६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    दुर्घटनाबाट मोटरसाइकलमा सवार गौरादह नगरपालिका-८ भुडीसिमल निवासी अन्दाजी ६६ वर्षीय ढावालाल राजवंशीको उपचार क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा बिहीबार मृत्यु भएको हो।

    यता, मोटरसाइकल चालक गौरीगञ्‍ज गाउँपालिका-३ निवासी २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। यता, प्रहरीले स्कुल बस र चालक तिलक बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

    त्यस्तै, झापाको कनकाई नगरपालिका-४ कोटीहोम नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी-६१ए-९३८५ नम्बरको भारतीय नम्बरको प्लेटको ग्यास बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

    दुर्घटनामा मोटरसाइकल चालक इलाम जिल्ला माई जोगमाई गाउँपालिका-४ निवासी ४० वर्षीय शुभराज लिम्बू र सोही मोटरसाइकलको पछाडि सवार उनकै भाइ ३६ वर्षीय चन्द्रकुमार लिम्बू घाइते भएका थिए।

    घाइतेहरूलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो। उपचार क्रममा मोटरसाइकलमा पछाडि सवार चन्द्रकुमारको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]