काठमाडौँ : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। भोलि मंगलबार उनी नेपालको औपचारिक भ्...
काठमाडौं : नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नेकपाका ( प्रचण्ड नेपाल समूह) अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी छन्। भेटका क्रममा अउनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
चिनियाँ राजदूत होउ यान्छीले हिजो मात्रै यही समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भेट गरेकी थिइन्। नेकपा विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै आए पनि पटक-पटक नेकपामा विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली,प्रचण्ड र माधव नेपालसँँग भेट्ने गरेकी छन्। राजदूतले मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।