काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
प्रधानमन्त्री ओली भूमिगत हुँदा बसेका घरबेटी पनि केन्द्रीय सदस्य
रौतहट : नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीका ७ जना केन्द्रीय समितिमा मनोनित भएका छन्।
नेकपा संस्थापनले रौतहटबाट ७ जना नयाँ केन्द्रीय सदस्य थपेको हो। नेकपामा बढ्दो विवादसँगै संसद विघटन भएपछि नेकपाले रौतहटसहित देशभरबाट नयाँ केन्द्रीय सदस्य चयन गरेको थियो।
रौतहटबाट केन्द्रीय सदस्य हुनेमा तुलसीराज गिरी ,उद्धव रेग्मी ,कपिलदेव पटेल, रेखा झा, जयचन्द पटेल मणिशंकर निधि र अब्दुल कलाम आजाद छन्।
तुलसीराज गिरी तत्कालीन नेकपा एमालेका जिल्ला सचिव हुन् भने रेग्मी चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा सानो मतअन्तरले पराजित भएका थिए। रेखा झा समानुपातिक सांसद हुन भने रजिउद्दिन आलम पूर्वजिल्ला विकाश समितिका उपसभापति हुन्। यस्तै कपिलदेव पटेल ओली भूमिगत जीवन बिताउँदाका घरबेटी हुन्। प्रधानमन्त्री ओली भूमिगत छँदा पटेलकै घरबाट गिरफ्तारीमा परेका थिए।
यस्तै केन्द्रीय सदस्यमा चुनिएका मणिशंकर निधि शिक्षक संगठनका पूर्वअध्यक्ष हुन्। ४४७ जना केन्द्रीय सदस्य रहेको नेकपाले गत बुधबारको केन्द्रीय कमिटी बैठकबाट देशभरि बाट ११ सय ९९ जना केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो। रौतहटबाट केन्द्रीय सदस्य हुने सातै जना हिजो केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडाैंमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।