राजनीति

मन्त्रिपरिषद् विस्तार : ९ जना थपिँदा हटाइए दुई जना, कसलाई कुन मन्त्रालय?

पुस १०, २०७७

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। यस क्रममा उनले आज साँझ मन्त्रिपरिषद्मा ९ सदस्य थपेर केहीको जिम्मेवारी हेरफेरसमेत गरेका छन्। 

    जसमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह छन्। यस्तै ​ प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो पनि मन्त्री भएका छन्। साथै विमला विश्वकर्माले पनि राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्। त्यस्तै ओलीले आजै खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई हटाएका छन्। 

    स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाइएको छ। त्यसैगरी गणेश ठगुन्नालाई सामान्य प्रशासन र गाैरीशंकर चाैधरीलाई श्रम मन्त्रालयको जिम्मा दिइएको छ।

    महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानुन र शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालय दिइएको छ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ। 

    त्यसैगरी भूमिसुधार मन्त्री रहेकी पद्मा अर्याललाई भने कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ।  

    नवनियुक्त मन्त्रीहरुले आजै साँझ शपथ लिएका छन्। प्रधानमन्त्रीको कदम असंवैधानिक अध्यक्ष प्रचण्ड लाइनका ६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]