काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
गुल्मी : गुल्मी जिल्लामा पहिलोपटक महिलाले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी सम्हालेकी छन्। सिडिओ रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर आएकी हुन्।
सिडिओ शर्माले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा आफू जिल्लामा रहुञ्जेल जनताको सेवामा तल्लीन रहने र सहज तथा सरल तरिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले गुल्मेली जनताहरुले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्ने बताइन्। उनले भनिन्, ‘जनमुखी प्रशासन, सुशासन, पारदर्शिता र जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राखेकी छु,।’
शर्माले आफूलाई काम गर्न सबै पक्षको सहयोग आवश्यक रहने पनि बताइन्। शर्माले गुल्मीको ३९औं प्रमुख जिल्ला अधिकारीको रुपमा बिहीबारदेखि पद सम्हालेकी हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।