मनोरञ्जन

'पिरती' मा रोमान्टिक नाजिर र सुशीला

पुस ११, २०७७

    काठमाडौं :  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ। 'पिरती' बोलको यो गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको छ।

    सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशीला थापाको अभिनय रहेको छ। भिडियोमा नाजिर र सुशीलालाई निकै रोमान्टिक भावमा प्रस्तुत गरिएको छ। भिडियोमा नाजिर र सुशीलाको नृत्य पनि देख्न सकिन्छ।

    निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ। भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन तथा विकाश धमलाको सम्पादन रहेको छ।

    भिडियोलाई भवसागर इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]