काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले स...
निरंकुश शासकझैँ मन्त्रिपरिषद् विस्तार गरेको जिकिर
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीप्रति विश्वासघात गरेको उनले दाबी गरेका छन्। संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैँ चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैँ मन्त्रिपरिषद् विस्तार गरेको तर्क गरेका छन्।
ओलीले स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेको उनले दाबी गरेका छन्। 'देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैँ मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्' उनले भनेका छन्, 'आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेका छन्।'
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैँ चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैँ मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेका छन्।
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2020
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।