राजनीति

जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद : प्रदीप नेपाल

पुस ११, २०७७

    काठमाडौँ : पुराना कम्युनिस्ट नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद भएको बताएका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्। 

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादको कारणले नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेको छ। यही क्रममा दुवै पक्षका नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ। 

    तर, नेता नेपालले गालीगलौज नगर्न आग्रह गरेका छन्। उनले एकदिन सबै एक ठाउँमा भेटिनु पर्ने भएकाले गालीगलौज नगर्न आग्रह गरेका छन्। 

    'साथी हो, जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद हो, एकदिन सबै एक ठाउँमा भेटिनैपर्छ त्यसैले गालीगलौज नगरौं है' उनले भनेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]