खेलकुद

बराबरीमा रोकिए लेस्टर सिटी र म्यानेस्टर युनाइटेड

पुस ११, २०७७

    काठमाडाैं : म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन्। प्रिमियम लिगअन्तर्गत लेस्टरको घरेलु मैदानमा म्यानचेस्टरले अग्रता बनाए पनि लेस्टरले त्यसको ८ मिनेट निबत्दै बराबरी गोल फर्काएको थियो। 

    म्यानुका लागि खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डले गोल गरेका थिए। तर खेलको ३१ औं मिनेटमा हार्भी बार्न्सले बराबरी गोल फर्काएका हुन्। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। 

    खेलको दोस्रो हाफमा पनि म्यानुले नै अग्रता बनाएको थियो। ७९ औं मिनेट ब्रुनो फर्नान्डेजले गोल गर्दै टोललाई २–१ गोलअन्तरले बढाएका थिए। तर फेरि लेस्टरका जामी भार्डीले ८५ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए। 

    खेलपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन्। लिगमा शीर्ष स्थानमा लिभरपुल छ भने बराबरीपछि पनि लेस्टर दोस्रो र म्यानु तेस्रो स्थानमा छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]