खेलकुद

शेफिल्डलाई हराउँदै एभर्टन दोस्रो स्थानमा, चेल्सीको लज्जास्पद हार

पुस १२, २०७७

    इङ्लिस प्रिमयर लिग फुटबलमा एभर्टनले शेफिल्ड युनाटेडलाई १–० ले पराजित गरेको छ। जीतसँगै एभर्टन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।​

    एभर्टनले खेलको अन्तिम समयमा गोल गर्दै जित निश्चित गरेको थियो। खेलको ८० औं मिनेटमा एभर्टनका लागि जेल्फी सिगर्डनले निर्णायक गोल गरे। १५ खेल खेल्दै प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोडेको छ । ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । एभर्टनसँग पराजित शेफिल्ड युनाइटेड तालिकाको पुछारमा छ।

    त्यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि २–० को जित निकालेको हो। 

    यो जितसँगै तालिकाको पाँच औं स्थानमा रहेको म्यानचेस्टर सिटीले १४ खेलबाट २६ अंक जोडेको छ। गएराति नै भएको अन्य खेलमा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदा आर्सनलले चेल्सीलाई ३-१ ले हरायो। यसै गरी लेस्टरसिटी र म्यानचेस्टर युनाईटेड  २-२ को बराबरी खेले। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]