काठमाडौँ : वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको छ। मूलपानी क्रि...
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको देउखुरी मैदानमा विहान कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन्।
लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजीमा हुनेछ। लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश २ लाई ९ विकेटले हराएको थियो। कर्णाली प्रदेश भने एपीएफसँग २ सय ४ रनले पराजित भएको थियो।
यस्तै आजै दिउँसो एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। एपीएफ पनि लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रनेछ। प्रदेश २ भने पहिलो जितको खोजीमा हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।