समाज

पूर्वराजदूत गोविन्द लोहनीको निधन

पुस १२, २०७७

    काठमाडौं : पाकिस्तानका लागि नेपाली पूर्वराजदूत, वरिष्ठ अर्थशास्त्री तथा लेखक गोविन्द लोहनीको निधन भएको छ। ९३ वर्षीय लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो।

    विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरेर उपचार गरिँदै आएको थियो। उनको शनिबार राति ९ बजेर ५० मिनेट जाँदा  निधन भएको छोरा कपिल लोहनीले जानकारी दिए।

    नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लोहनीको आज बिहान साढे १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। 

    डिल्लीबजारका बासिन्दा लोहनीका तीन छोरा र एक छोरी छन्। केन्द्रीय बैंकको स्थापना तथा त्यसको अनुसन्धानमा पनि लोहनीले विशेष काम गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]