कैलाली : चारदिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। कैलालीको लम्की&ndash...
पाल्पा : जिल्लाको सदरमुकाममा रहेको तानसेन नगरपालिका–५ बतासेडाँडा बजारमा रहेको रम्मा फ्रेस हाउसमा सडेको मासु बिक्री गर्दै आएको फेला परेको छ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा फ्रेस हाउसमा ५० किलोभन्दा बढी सडेको मासु फेला परेको हो। निर्देशनालयका अधिकृत छैटौँ मित्रलाल ढकालले मासु जफत गरी खाडलमा पुरेर नष्ट गरिएको छ।
उक्त फ्रेस हाउसबाट बतासे बजार र ग्रामीण भेगका प्रायः उपभोक्ताले मासु किनेर खाने गरेका छन्। अनुगमन टोलीले फ्रिजमा रहेको मासु हेर्दा सडेको र गन्हाएको अवस्थामा थियो। उक्त मासस करिब १५ दिनअघिको हुन सक्ने उनको अनुमान छ। फ्रेस हाउसकी सञ्चालक रम्मादेवी शाहीका छोरा राजेशले करिब १० दिनको मासु भएको स्वीकार गरे। ‘करिब १० दिनको मासु हो’ उनले भने, ‘पसलमा काम गर्ने भाइलाई फाल्न भनेको फालेको रहेनछ।’
पाडा भन्दै पाडीको मासु बेच्दै
यस फ्रेस हाउसमा पाडाको मासु भन्दै पाडीको मासु बेचेको समेत खुलेको छ। फ्रेस हाउसमा पाडा र पाडी दुवैको मासु पाइने सञ्चालक रम्मादेवी शाहीले बताइन्।
तर, एउटै फ्रिजमा मासु राखिएकाले पाडा र पाडीको मासु छुट्याउन सकिँदैन। फ्रेस हाउसमा बधशाला पनि छ। जहाँ तीनवटा पाडी राखिएको अनुगमनका क्रममा भेटिएको थियो।
यसरी सडेको मासु बिक्री गर्ने व्यपारीलाई कारबाहीको लागि माथिल्लो निकायमा सिफारिस गर्ने अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय पाल्पाका नायब सुब्बा हरि पन्थीले बताए।
तानसेनका अधिकांश पसलमा मापदण्ड विपरीत मासु बिक्री गर्दै आएका छन्। बधशाला दुर्गन्धित अवस्थामा रहेका छन्। लापरबाही गर्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही नगर्दा उनीहरूको मनपरी बढ्दै गएको उपभोक्ता मञ्च पाल्पाका अध्यक्ष कृष्ण अधिकारीले बताए।
यता प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने पटक पटक दिएका सुझावको बेवास्ता गर्ने व्यापारीलाई अब कानुन बमोजिम कारबाही हुने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।