खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीको लगातार दोस्रो जित

पुस १२, २०७७

     काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश लगातार दोस्रो जित निकालेको छ। 

    आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विकेटको जित निकालेको थियो । दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्‍यो। 

    लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ९ रन बनाइन् भने २० रन अतिरिक्त पाएको थियो।  यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनायो। 

    कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बसफल भइन्। त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २–२ रन बनाइन् । 

    बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो । यसअघि हिजो लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले नै हराएकाे थियो। प्रतियोगिता अन्तरगत आजै अर्को खेलमा एपिएफ र प्रदेश २ भिड्दै छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]