काठमाडौँ : समयसँगै मानव मस्तिष्कको आकार विस्तारै विस्तारै बढिरहेको अध्ययनले देखाएको छ। योसँगै मानव मस्तिष्कको आकार विस्तारै बढ्दै छ...
काठमाडौं : आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्।
सरकारले आगामी दुई वर्षभित्र देशभरकै स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने गरी यसअघि मंसिर १५ गते ३ सय ९६ अस्पतालको शिल्यान्यसा गरिएको थियो।
आज स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी एक वर्षभित्र २६२ वटा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले यो निर्णय लोकप्रियताका लागि नभएर जनताको आधारभूत आवश्यकता पूरा गर्न गरिएको बताए। शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो।
यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।