काठमाडौँ : नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उप...
काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ८ सय २८ पिसिआर परीक्षण गर्दा मुलुकभर थप चार सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले हालसम्म १९ लाख ९ हजार ६ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएका छन्।
त्यस्तै, सक्रिय संक्रमित ६ हजार चार सय ९३ छन्। ७ सय ३१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
कुल संक्रमित २ लाख ५८ हजार एक सय ८१ छन्। बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या १८ सय २५ जना पुगेको छ। क्वारेन्टाइनमा तीन सय ६९ जना रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।