राजनीति

दाहाल–नेपाल समूहको 'धम्की' : ओली पक्षमा लाग्‍नेलाई कारबाही

ओली समूहद्वारा जिल्ला कमिटी विस्तार, संसद विघटन स्वागतयोग्य भएको निष्कर्ष

पुस १२, २०७७

    दाङ :  दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले  प्रधानमन्त्री केपी ओली पक्षमा लाग्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

    आइतबार घोराहीमा बसेको बैठकले यो निर्णय गरेको हो। जिल्ला कमिटीका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमका पक्षमा लाग्नेलाई कारबाही गर्ने, पुस १४ गते घोराहीमा जिल्ला केन्द्रीत प्रतिगमनविरुद्ध आन्दोलन गर्ने, १५, १६, १७ र १८ गते पालिका र वडा स्तरिय आन्दोलन गर्ने निर्णय भएको दाङका संगठन विभाग प्रमुख कृष्ण प्रसाद भुसालले जानकारी दिए।

    बैठकमा नेकपाका स्थायी कमिटी सदस्य कृष्ण बहादुर महरा, युवराज ज्ञवाली, पूर्वमन्त्री रेखा शर्मा, नेता भागवत विश्वासी लगायतको विशेष उपस्थिति थियो। बैठकमा महराले संसद विघटनलाई सदर गरेर यो अवस्थामा चुनाव भए त्यो चुनाव पनि निष्पक्ष नहुने बताए।

    संविधानमै व्यवस्था नभएको कुरालाई लिएर प्रधानमन्त्री ओलीले संसदमा कुनै प्रक्रिया नचालेर सीधै सत्ताको दुरुपयोग गरी प्रतिनिधिसभा विघटन गरेको महराले बताए। 

    यस्तो अवस्थामा निर्वाचन भए पनि जनमतको कदर नहुने उनको भनाइ थियो। साथै उनले  बाहिरी देशको प्रभावमा सरकारले यस्तो निर्णय गरेको हुनसक्ने समेत बताए।

    त्यस्तै नेकपाका अर्का स्थायी समिति सदस्य युवराज ज्ञवालीले केपी शर्मा ओली महेन्द्र पथमा हिँडेको बताए। उनले राजा महेन्द्र र केपी शर्मा ओलीले एउटै तरिका अपनाएर देशमा 'कु' गरेको बताए।

    कसैले केही गर्न नसक्ने स्थितिमा समेत ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको उनको भनाइ थियो। ‘अरुलाई त पर छोड्नुस् आफ्नै सहयोगीलाई समेत थाहा नदिएर विघटन गरियो,’ उनले भने, ‘पार्टीलाई बाइपास गरेर गरेको यो विघटनले कम्युनिष्ट पार्टी र आन्दोलनले सेट ब्याक खाएको छ,’ ज्ञवालीले बताए।

    यता प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको जिल्ला कमिटीले ४ सय ८९ जनलाई जिल्ला कमिटीमा मनोनित गरेको छ। 

    पाटीको जिल्ला कार्यालय सदस्य हुकुम बस्नेतको अध्यक्षतामा आइतबार घोराहीमा बसेको भेलाले जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको छ। नेकपाको जिल्ला कमिटीको बहुमत सदस्यहरुको हस्ताक्षरबाट उनीहरुलाई जिल्ला कमिटीमा लगिएको हो।

    साथै मनोनित सदस्यले शपथ ग्रहण गरेका छन्। भेलाले प्रधानमन्त्री ओलीको प्रस्तावमा राष्ट्रपतिले गरेको संसद विघटनलाई स्वागतसमेत गरेको छ अब हुने मध्यावधि निर्वाचनको तयारीका लागी गतिविधि सन्चालन गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]