पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडाैं : संखुवासभाको चैनपुरमा भएको प्रहरीसँगको दोहोरो भीडन्तलाई प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लवले खण्डन गरेको छ। संचारमाध्यममा यसबारे समाचार बाहिरिएपछि विप्लव समूहले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने कार्य मात्र भएको उल्लेख गरेको छ।
आज दिउँसो संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको समाचार बाहिरिएपछि नेकपा विप्लवको यस्तो धारणा सार्वजनिक भएको हो। साथै आफ्ना जिल्ला सेक्रेटरी युवराज राई आफ्नो पार्टीमा लागेकै कारण उनको घरमा दुख दिएको र उनै राईकी बहिनीलाई मरणाशन्न हुनेगरी कुटपिट गरी प्रहरीले ढाँडसमेत भाँचेको विप्लवको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रहरीको यस कार्य निन्दनीय भएको र नक्कली भीडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय भएको उसले लेखेको छ। सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति आफ्नो पार्टीले निलिएको भन्दै यस्तै दमन गर्ने नीति राज्यले राखे सशक्त प्रतिकारमा उत्रिन पनि आफूहरू बाध्य हुने विज्ञप्तिमा लेखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।