काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
काठमाडाैं : अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय टिमले दोस्रो टेस्टको दोस्रो दिन ५ विकेट गुमाएर २७७ रन बनाएको अवस्थामा क्रिजमा छ।
यो स्कोरसँगै भारतले अस्ट्रेलियासँग ८२ रनको अग्रता लिएको छ। दोस्रो दिन भारतका कप्तान अजिंक्य रहाणेले आफ्नो टेस्ट करिअरको १२ औं शतक प्रहार गरे। अस्ट्रेलिया भूमिमा उनको यो दोस्रो सेन्चुरी हो। यसअघि २०१४ मा बक्सिङ डे टेस्टमानै उनले मेलबर्न मैदानमा १४७ रनको इनिङ खेलेका थिए।
वर्षाका कारण अम्पमायरले दोस्रो दिनको खेल समय अघिनै समाप्त गरेका थिए। रहाणेले २०० बलको सामना गर्दै १०४ रन बनाउँदा रविन्द्र जडेजाले १०४ बला ४० रन बनाएर क्रिजमा अविजित छन्। यि दुई बिच १९४ बलमा छैटौं विकेटका १०४ रनको साझेदारी सम्भव बनाएका छन्।
रहाणे अस्ट्रेलियामा शतक प्रहार गर्ने पाँचौं कप्तान
रहाणे टेस्टमा सेच्नुरी प्रहार गर्ने भारतका १२ औं कप्तान बन्दा अस्ट्रेलियामा शतक लगाउने उनी ५ औं भारतीय कप्त्न बने। उनी एमसीजीमा दुई शतक लगाउने उनी दोस्रो कप्तान बने।
यसअघि पूर्वकप्तान सचिन तेन्दुल्करले १९९९ को सिरिजमा यो उपलब्धि हासिल गरेका थिए। अस्ट्रेलियन भूमिमा मोहम्मद अजहरुद्धिन, सचिन तेन्दुलकर, शाैरव गांगुली, विराट कोहली, अजिंक्य रहाणे रहेका छन्। कप्तानका रुपमा कोहलीले तीन पटक अस्ट्रेलियन भूमिमा शतक प्रहार गरेका छन्।
स्टार्कको २५० विकेट
मिचेल स्टार्कले २५० विकेट पूरा गरेका छन्। उनी अस्ट्रेलियामा सर्वाधिक कम बलमा २५० विकेट पूरा गर्ने बलरसमेत बनेका छन्। यसअघि यो रेकर्ड मिचेल जोनसोनका नामा थियो।
जोनसोनले १२५७८ बल फाल्दै २५० विकेट लिएका थिए भने स्टार्कले ११९७६ बलमानै यो कोसेढुंगा पूरा गरे। मिचेल सर्वाधिक विकेट लिने खेलाडीको रुपमा भने नवौं नम्बरमा रहेका छन्। शेन वार्न ७०८ विकेटका साथमा शीर्ष स्थानमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।