काठमाडौं: इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्याप...
काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ब्रोमविचसँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा खेलमा लिभरपुल वेस्टब्रोमसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
लिभरपुलका लागि साडियो मानेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि वेस्ट ब्रोमविचका लागि सेमी अजयीले खेलको ८२औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।
यो बराबरीपछि लिभरपुलको १५ खेलमा ३२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एभर्टनभन्दा ३ अंकले अगाडी रहेको छ। त्यस्तै वेस्ट ब्रोमको ८ अंक रहेको छ।
त्यस्तै गएराति नै भएको खेलमा टोटनह्याम पनि उल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो। बराबरीपछि टोटनह्यामको १५ खेलमा २६ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।