समाज

झापा आए पूर्वराजा ज्ञानेन्द्र शाह

पुस १३, २०७७

    भद्रपुर (झापा) : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह झापा आएका छन्। उनीहरु आइबार बेलुकी पौने ६ बजे बुद्ध एयरबाट झापा आएका हुन्।

    भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्वराजदम्पतीलाई विमानस्थलमै समर्थकहरूले स्वागत गरेका थिए। समर्थकहरूले ‘राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट« कायम गर’ लगायतका नारा लगाएका थिए।
     
    पूर्वराजदम्पती दमकतर्फ प्रस्थान गरेका छन्। त्यहाँ उनको हिमालयन टी स्टेट नामक निजी चिया बगान छ। उनीहरु त्यहाँ रहेको भवनमा बस्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ।

    पूर्व राजदम्पती करिब चार साता झापा बस्ने बताइएको छ। झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्ति पीठको ​दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ। पूर्व राजदम्पत्ती हरेक वर्ष जाडोको समयमा करिब एक महिना बस्ने गरी झापा आउने गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]