थाहा संवाद

चिनियाँ नेता नेकपाको झगडा मिलाउन आएका होइनन्

स्वाभिमानी देश नेपालमा कसैको प्रभाव परेको छैन

पुस १३, २०७७

    काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक कलहका कारण विभाजन भएका बेला नेपालमा चीनको चासो बढेको छ। नेकपामा आन्तरिक विवाद चर्किंदा राजदूत होउ यान्छी यसअघि निकै दौडधुप गर्ने गरेकी थिइन्। हाल नेकपा विभाजन भएको सन्दर्भमा चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नै आएको छ।

    नेपालमा हुने हरेकजसो राजनीतिक घटनाक्रममा छिमेकी भारत र चीनको प्रभाव रहन्छ भन्ने स्वाभाविक बुझाइ छ। तर, पछिल्ला घटनाहरूमा विदेशीहरूको खुलेआम चलखेल देखिँदै गएको छ।

    नेकपा विभाजन भएर अनौपचारिक रूपमा दुईवटा भइसकेपछि अहिले आएको चिनियाँ टोलीले पार्टी मिलाई दिन सक्छ? नेपाली राजनीतिमा चीनको भूमिका के छ? लगायतका विषयमा नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालसँग रवीन्द्र सुवेदीले गरेको कुराकानी :

    चिनियाँ टोली नेकपा मिलाउन आइपुग्यो भन्ने अनुमान गरिएको छ, मिलाउला त चीनले नेकपा?

    नेपालमा भएका राजनीतिक घटनाक्रमप्रति चीनले आफ्नो चासो व्यक्त गर्नु, आफूलाई अध्यावधिक गर्नु अथवा आफ्ना धारणा बनाउनुलाई नेपालको आन्तरिक राजनीतिसँगै जोडेर हेर्नु हुँदैन। 

    यस्तो खालको धारणा छ, तर यसलाई हाम्रो स्वाभिमान, हाम्रो राष्ट्रियता, राष्ट्रिय हितलाई ध्यानमा राखेर हामीले आफ्नो धारणा बदल्नुपर्छ। कुनै पनि देशको प्रभावमा छैन, सक्रियता छैन भन्ने त होइन तर त्यो पूर्ण सत्य होइन।

    हामी यहाँका सत्तारूढ पार्टी भएकाले र कम्युनिष्ट पार्टीको सरकार भएकाले विभिन्न कम्युनिष्ट पार्टीलाई नेकपाभित्र के भइरहेको छ भनेर चासो दिने कुरालाई स्वाभाविक रूपमा हेर्न सकिन्छ। तर, हाम्रो पार्टीको विभाजन वा एकता जस्ता कुराहरू उहाँहरूको शुभेच्छामा निर्भर रहँदैनन्। उहाँहरूको नेपाल भ्रमणलाई नेकपा मिलाउन आएको वा नेकपा मिलाउनेमा उहाँहरू जिम्मेवार हुनुहुन्छ भनेर बुझ्नु हुँदैन।

    नेकपामा आन्तरिक विवाद चर्किँदा हिजोका दिनमा पनि चिनियाँ राजदूत होउ यान्छी निकै सक्रिय हुने गरेकी थिइन्, अहिले पार्टी नै फुटेपछि त्योभन्दा उच्च नेतृत्व नेपाल आयो यो त मिलाउनकै लागि होला नि?

    त्यसो होइन। हामीले आफ्नो पार्टी मिलाउन सकेनौँ, हामी विधिअनुसार चल्न सकेनौँ यी कारणले हामी विभाजन भयौँ। यसका लागि अरू कुनै देशको पार्टी, शुभेच्छुक वा चीन र त्यहाँको कम्युनिष्ट पार्टीलाई दोष दिन चाहन्नँ।

    नेपालमा कम्युनिष्ट पार्टीको सरकार बनेपछि चीनको चासो त ह्वात्तै बढेको हो नि?

    नेकपाको सरकार बनेपछि चीनको चासो बढेको वा प्रभाव बढेको भन्ने कुराको प्रमाण पेश गर्न चुनौती दिन चाहन्छु।

    तर, नेकपाको सरकार बनेपछि नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीका नेतालाई काठमाडौं बोलाएर प्रशिक्षण नै दिलाएको होइन त?

    त्यो एउटा प्रशिक्षण हो। त्यो धारण हो। चीनमा कम्युनिष्ट सरकार छ, नेपालमा पनि कम्युनिष्ट पार्टी एक भएर सरकार बनाएपछि यस्तो खालको आशंकाहरू गरिएका हुन्। नेपालमा कम्युनिष्ट पार्टी सत्तामा भएका कारण कुनै अतिरिक्‍त सम्बन्ध जोडिएको होइन।

    त्यो प्रशिक्षण पनि खासमा अनुभवहरूको आदानप्रदान मात्र भएको हो। त्यसो त हामीले भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरीसँग पनि छलफल गरेका छौँ। जर्मन कम्युनिष्ट पार्टीका नेताहरूलाई बोलाएर पनि छलफल गरेका छौँ, लाओस गएर त्यहाँका कम्युनिष्ट पार्टीका नेताहरूका अनुभव सुनेका छौँ। त्यसैले नेपालमा चीनको प्रभाव परेको भन्ने गलत हो।

    हाम्रो देशमा कस्तो बुझाई छ भने हामी कि भारतको प्रभावमा छौँ, कि चीनको। अहिले चीनको सक्रियता धेरै देखिएकाले चीनका प्रभाव बढी भयो भन्नु गलत हो र?

    यस्तो खालको धारणा छ, तर यसलाई हाम्रो स्वाभिमान, हाम्रो राष्ट्रियता, राष्ट्रिय हितलाई ध्यानमा राखेर हामीले आफ्नो धारणा बदल्नुपर्छ। कुनै पनि देशको प्रभावमा छैन, सक्रियता छैन भन्ने त होइन तर त्यो पूर्ण सत्य होइन।

    तर अहिले चीनसँग केही न केही नजिक त भएकै हो नि?

    चीनसँग नजिक भएको जस्तो देखिएको मात्र हो। यो बीचमा न चीनको उल्लेखनीय लगानी आएको छ, न कुनै परियोजनामा सम्झौता भएको छ, चीनको बिआरआई परियोजनामा हामीले कुनै लगानी गरेका छैनौँ। केही पनि भएको छैन भने प्रभाव छ, त्यता ढल्कियौँ भन्नु गलत हो।

    नेपालमा कम्युनिष्ट पार्टी फुटिसकेको अवस्था छ, चीनबाट आएको उपमन्त्रीस्तरको टोलीले मध्यस्थता गरेर पार्टीलाई पुनः एक बनाउन सहयोग गर्न सक्छ कि नाई?

    पहिलो कुरा त म मध्यस्थता गर्ने भन्ने कुरामा असहमति राख्छु। यहाँका झगडियालाई मिलाउन त्यहाँबाट मध्यस्थकर्ता आएको होइन। फेरि भन्न चाहन्छु चीनले आफ्नो जानकारीका लागि, राजनीतिक अध्यावधिकका लागि आएको हो। भ्रमण त योभन्दा पहिले पनि भएका थिए नि, भारतीय गुप्तचर प्रमुखको भ्रमण, सैनिक प्रमुखको भ्रमण भयो। उनीहरूको भ्रमणको चर्चा भएन तर अहिले चाँहि यसरी चर्चा गर्नु राम्रो होइन।

    म सम्पूर्ण रुपमा उहाँ एकजना मात्रै दोषी हुनुहुन्छ भन्न चाहन्न, तर मूलरूपमा उहाँले नै यसको जिम्मेवारी लिनुपर्छ। उहाँ साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। पछि उहाँलाई ५ वर्षकै जिम्मेवारी दिइयो। यो अवसरको उहाँले सही रूपमा व्यवस्थापन गर्न सक्नु भएन।

    तर नेकपा फुटको एउटा कारक भारतका गुप्तचर प्रमुख सामन्त गोयल र स्थलसेना प्रमुखको भ्रमण पनि हो भन्ने गरिन्छ नि?

    यी भ्रमणहरू स्वाभाविक थिएनन्, यो सही कुरा हो। भारतबाट आएका गुप्तचर प्रमुखलाई जसरी भेट गरियो, उनको भ्रमणबारे यहाँका मन्त्रीहरूले जसरी बोले यो आश्चर्यजनक नै थियो। तर त्यो भ्रमणले नै पार्टी फुटायो भन्नु गलत हो। पार्टी फुट पार्टीको आन्तरिक समस्या हो। भारतीय पक्षले गुप्तचर प्रमुखको नेपाल भ्रमणबारे आधिकारिक रुपमा केही पनि बोलेको छैन, यसका कारण भ्रमण शंकास्पद चाँहि बनेको हो।

    अब नेपालमा कम्युनिष्ट पार्टी फुट्यो अस्थिरता देखियो, यस्तो बेला पनि भारत चुप छ नि?

    यस्तो बेला त भारत के बोल्नु, ठिक ग¥यौ भन्न पनि मिलेन, यस्तो किन नगरेको भन्दा पनि हस्तक्षेप जस्तो हुन्छ त्यसैले नबोलेको होला, यो नितान्त आन्तरिक मामिला भएर होला।

    ३ वर्षअघि स्थायित्वको लागि भन्दै गठबन्धन गरेर चुनाव लडियो, राजनीतिक स्थिरताकै लागि भनेर पार्टी एकीकरण गरियो, स्थायित्व आउने गरी जनमत पनि प्राप्त भयो, अहिले आएर पार्टी फुट्दा केपी ओलीलाई नै दोषी देखाएर हुन्छ?

    म सम्पूर्ण रुपमा उहाँ एकजना मात्रै दोषी हुनुहुन्छ भन्न चाहन्न, तर मूलरूपमा उहाँले नै यसको जिम्मेवारी लिनुपर्छ। उहाँ साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। पछि उहाँलाई ५ वर्षकै जिम्मेवारी दिइयो। यो अवसरको उहाँले सही रूपमा व्यवस्थापन गर्न सक्नु भएन।

रवीन्द्र सुवेदी

सुवेदी थाहा सञ्‍चार नेटवर्कमा कार्यरत छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]