काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
प्रधानमन्त्रीप्रति कटाक्ष : उखानको बोटबारे मलाई पनि थाहा छ
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपालको कारणले संसद् विघटन भएको बताएका छन्। संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू यो देशको संवैधानिक राष्ट्रपति कस्तो काम गर्नुपर्छ भन्ने ज्ञान लिनका लागि डा.रामवरण यादव कहाँ ट्युसन पढ्न जानुुस्’उनले भने। राष्ट्रपति भण्डारीले सत्तारूढ नेकपाको आन्तरिक विवादमा हस्तक्षेप गर्दै आएकी छन्। शर्माले पार्टी भित्रको द्वन्द्वका कारण संसद् विघटन गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।
‘आज १६५ निर्वाचन क्षेत्रबाट उभिएर सोध्न चाहन्छौँ। हे प्रधानमन्त्रीज्यू संसद् कहाँ छ? पार्टीभित्रको द्वन्द्वले संसद् विघटन गर्ने?’ उनले भने, ‘यो देशमा वर्षैपिच्छे चुनाव, यो देशमा गर्नुपर्ने अरू केही छैन?’
त्यस्तै, प्रधानमन्त्री ओलीले उखान टुक्का धेरै भनेको भन्दै आफू पनि झापाकै रहेकोले उखानको बोट कहाँ छ थाहा भएको टिप्पणी गरे। ‘कमरेड केपी ओलीले घेराबन्दी परेर संसद विघटन गर्दा ओली होइन बोलीको रूपमा मात्रै पहिचान बनाए,’ उनले भने, ‘झापामा उखानको बोट कुन गाउँमा कहाँ छ मैले पनि जानुँला । संसद् विघटनको यो दुर्घटनाको पहिलो दोषी केपी ओली, दोस्रो दोषी पुष्पकमल दाहाल उर्फ (प्रचण्ड), तेस्रो दोषी माधव कुमार नेपाल र चौंथो राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ।’
उनले नेकपाका कोही नेतासँग कांग्रेसनजिक र टाढा नहुने पनि बताए। स्वास्थ्य सामाग्री खरिद गरेकै बेला कांग्रेसले ओली सरकारले शासन गर्ने नैतिक आधार गुमाएको ठहर गरेको पनि शर्माले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।