राजनीति

ओलीजी तपाईंले भनेको चुच्चे रेल कता गुडिरहेको छ : प्रदीप पाैडेल

पुस १३, २०७७

    काठमाडाैं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरेका छन् । कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनअन्तर्गत आज तनहुँको क्षेत्र नम्बर २ भीमादमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले ओलीले देश र जनताका लागि गर्नुपर्ने केही पनि नगरेको आरोप लगाए।

    ‘ओलीजी तपाईंले भनेको चुच्चे रेल कता गुडिरहेको छ?’, ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका पौडेलले अगाडि प्रश्न गरे, ‘केपी ओलीलाई भ्रष्टाचारीलाई कारबाही गर्न कसले रोक्यो? तपाईंले कति वटा घरमा ग्यासका पाइप जोड्नुभयो? नेपालको झण्डा फहराएको पानीजहाज प्रशान्त महासागरको कुन कुनामा पुग्यो?’ पौडेलले ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधान नै समाप्त पार्न लागिपरेको आरोपसमेत लगाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]