राजनीति

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई कारबाही!

स्पष्टीकरण पेस गर्नुपर्ने समयसीमा २४ घण्टा

पुस १३, २०७७

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने भएको छ। आज प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ।

    मुख्यमन्त्री राईविरुद्ध आइतबार नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

    अविश्वास प्रस्ताव पेस गर्ने सांसदहरूलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहित पत्र पठाइएको दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए।  

    संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्न पत्र पठाइएको प्रमुख सचेतक राजभण्डारीले बताए।

    चुनावी गठबन्धनपछि एक बनेको नेकपाको प्रदेश संसदीय दलबाट पुनः सर्वसम्मतिले चुनिएका मुख्यमन्त्री राईले संविधानबमोजिम कार्यसम्पादन गरिरहेको समेत संसदीय दलले उल्लेख गरेको छ। 

    नेकपा संसदीय दल, दलले पारित गरेको विधानबमोजिम चल्ने भएकाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम कारबाही हुने पनि उल्लेख गरेका छन्। 

    नेकपा संसदीय दलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले पत्र प्राप्त भएको २४ घण्टाभित्र अविश्वास प्रस्ताव फिर्ता गरी लिखित स्पष्टीकरण पेस गर्न दलका नेताको निर्देशन बमोजिम पेस गर्न भनिएको छ।

    २४ घण्टाभित्र प्रस्ताव फिर्ता नलिए संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानुन र दलको विधानबमोजिम कारबाही गरिनेसमेत चेतावनी दिइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]