काठमाडौं : वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको जात्रा मंगलबारदेखि सुरु भएको छ। पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले मच्छिन्द्रनाथक...
काठमाडाैं : अनेरास्ववियू नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्षेत्रमा राँके जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गरेको भन्दै त्यसको विरोधस्वरूप उनीहरुले राँके जुलुस निकालेका हुन्।
आजै दिउँसो यही समूहका विद्यार्थीले दिउँसो वाल्मिकी क्याम्पसमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेर प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको थियो। विद्यार्थीहरूले ओलीको कदम प्रतिगामी असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए।
यसै क्रममा जुलुसमा सहभागी विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। झडपमा केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन्। एक जना विद्यार्थीको भने हातको औंलासमेत भाँचिएको छ। साथै काठमाडौंकै आरआर क्याम्पस, ताहाचल, अमृत साइन्स कलेज, पशुपति कलेजलगायत स्थानमा विद्यार्थीले ओलीको कदमविरुद्ध राँके जुलुस निकालेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।