राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भेटवार्ता

फाइल फोटो
पुस १४, २०७७

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ‌ओलीेले  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। 

    सोमबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल भएको शितलनिवास स्रोतले जनाएको छ।  नेकपा विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।

    नियमित भेटघाट भएको शितलनिवास स्रोतले जनाएको छ। चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा रहेका बेला दुवैको भेटलाई अर्थपूर्ण मानिएको छ।  चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेको थियो भने हिजो नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपालसँग भेट गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]