समाज

नेपाल ल क्याम्पस स्ववियुका पूर्वसभापति बलराम समालको निधन

पुस १४, २०७७

    काठमाडौं : पुराना कम्युनिस्ट नेता बलराम समालको निधन भएको छ। नेपाल ल क्याम्पसका स्ववियु सभापतिसमेत रहिसकेका समालको सोमबार दिउँसो निधन भएको हो।

    समालका साथी तथा पूर्वराजदूत टंक कार्कीका अनुसार उनको सोमबार दिउसो साढे ४ बजे निधन भएको हो। श्वासप्रश्वासको समस्या भएपछि अस्पताल लाने क्रममा समालको बाटोमै निधन भएको हो| समालको निधनले नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासको एक होनहार कार्यकर्ता गुमाएको छ कार्कीले बताएका छन्।

    समाल २०३६ सालको विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेका थिए। उनले केही समय जनकपुरमा वकालती पेशा गरेका र पछि नेपालगञ्ज क्याम्पसमा कानुनको अध्यापन समेत गरेका थिए। यस्तै‚ नेकपा (एमाले)को पाँचौं महाधिवेशनमा महोत्तरीबाट प्रतिनिधिको रुपमा सहभागी पनि भएका थिए|

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]