राजनीति

देउवा भेट्न बुढानिलकण्ठ पुग्यो चिनियाँ टोली

पुस १४, २०७७

    काठमाडौं :  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेको छ।

    देउवालाई भेट्न चिनियाँ टोली देउवा निवास बुढानिलकण्ठ पुगेको सभापति देउवाका सहयोगी भानु देउवाले थाहाखबरलाई बताए। उनले भने, अहिले सभापति देउवासँग भेटवार्ता भइरहेको छ।’

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको हो।

    आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेट गरिसकेको छ।

    चीनले नेपालको राजनीतिक घटनाक्रममा बारेमा जानकारी लिए पनि आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हिजो नियमित पत्रकार सम्मेलनमा  नेपालको मामलामा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]