राजनीति

विप्लव र वैद्यसहित चार दलको निष्कर्ष : दुईतिहाइ बहुमतको खोल ओढेर ओलीले संसद् विघटन गरे

पुस १४, २०७७

    काठमाडौं‌ : विप्लव  नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीसहित चार दलले प्रधानमन्त्री ओलीले दई तिहाई बहुमतको खोल ओढेर संसद विघटन गरेको बताएका छ। चार दलले सामूहिक रुपमा एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्। 

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट संयोजक आहुतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानसभाले निर्माण गरेको संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको बताएका हुन्। 

    कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै सङ्कट थोपारेको उनीहरुको आरोप छ। 

    ‘वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ। त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

    वर्तमान दलाल तथा प्रतिक्रिया वादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनता बीचको अन्तरविरोध चर्किँदै गएको बताएका छन्। ‘दलाल तथा प्रतिक्रिया वादी पूँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको छ। दलाल तथा प्रतिक्रिया वादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फाँसिवादी तरिकाले हल गर्ने दुष्प्रयास स्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ’ विज्ञप्तीमा भनिएको छ। 

    प्रधानमन्त्री ओली सरकारको निरङ्कुशता, फाँसिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको बताएका छन्। यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा उल्लेख गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]