राजनीति

बन्द विद्यालय र परीक्षा सञ्चालन गर्न अनेरास्ववियूको माग

स्ववियुको निर्वाचन फागुन १४ मै गर्नुपर्नेमा जोड

पुस १४, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूको दोस्रो पूर्ण बैठक बसेको छ। बैठकले कोरोना भाइरसको कारणले बन्द भएको विद्यालय खोल्न सरकारसँग माग गरेको छ।

    अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले अवरुद्ध शैक्षिक सत्र, परीक्षा र पठनपाठन यथाशीघ्र शुरु गर्न माग गरेको हो । बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ मै सम्पन्न गर्न समेत माग गरेको छ।

    अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको स्वागत गर्दै संगठनको केन्द्रीय कमिटीलाई ३६५ बाट बढाएर १ हजार ९९ सदस्यीय समेत बताएको छ। 

    शैक्षिक सत्र खर जान नदिनका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर बाँकी रहेका सबै परिक्षा लिनका लागिसमेत माग गरेको छ। 

    बैठकले यही १९ गते काठमाडौँमा भव्य भेला गर्ने, पौष २२ गते जिल्ला स्तरिय भेला र पौष २५ गते सम्पूर्ण विश्वविद्यालयमा भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]