राजनीति

पर्सा नेकपा आधा फ्याकको नारा : ओली तिम्रो पाराले, दु:ख पाए साराले

पुस १४, २०७७

    पर्सा : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कदम असंवैधानिक भएको भन्दै वीरगन्जमा पनि नेपाल कम्युनिष्ट पार्टी  प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गरेको छ।

    अविलम्ब गलत कदम सच्याउनुपर्ने माग गर्दै नेकपा प्रचण्ड–नेपाल समूहले वीरगन्जमा पनि विरोध प्रदर्शन गरेको हो। जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट आएका नेकपाको प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले वीरगन्जको घण्टाघर चोकबाट विरोध प्रदर्शन सुरु गरेका हुन्।

    ‘ओली तिम्रो पाराले, दुःख पायो साराले, विद्या तिम्रो पाराले दुःख पायो साराले' भन्दै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराजुलस लगाउँदै नेकपा जिल्लास्थित आधा फ्याकले वीरगन्ज नगर परिक्रमा गरेको छ।

    नगर परिक्रमा पश्चात वीरगन्जको घण्टाघर चोकमा नै पुगी विरोध प्रदर्शन कोण सभामा परिणत भयो। कोण सभालाई नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य नागेन्द्र चौधरी, उर्मिला अर्याल र रामचन्द्र साहले सम्बोधन गरे।

    सम्बोधनका क्रममा उनीहरुले पहिलेका आफ्नै पार्टीका अध्यक्ष ओलीले ठूलो अपराध गरेको र त्यसको मतियार राष्ट्रपति विद्यादेवी भण्डारी पनि भएको दाबी गरे।त्यो अपराध अदालतले सच्याउनुपर्ने भन्दै उनीहरुले अदालतले पनि त्यो गल्ती नसच्याए सदियौंदेखि गलत कार्यविरुद्ध लड्दै आएको नेकपाले फेरि एकपटक अदालतको निर्णयको विरोधमा पनि आन्दोलन गर्न बाध्य हुने तर्क गरे।

    विरोध प्रदर्शनमा नेपाली कांग्रेसले जस्तो प्रधानमन्त्री ओलीविरुद्ध हदै अश्लील नारा भने लगाइएको थिएन। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]