राजनीति

इतिहास साक्षी छ, तानाशाहीले कि घुँडा टेकेका छन् कि काटिएका : रामकुमारी झाँक्री

पुस १४, २०७७

    सुर्खेत : नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विश्वमा तानाशाही जनताबाट काटिएको भन्दै तानाशाही नबन्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएकी छन्।

    संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघठन गरेको भन्दै नेतृ झाँक्रीले तानाशाहीको अवसान निश्चित रहेको बताइन्। ‘विश्वमा तानाशाही शासकहरु कि त जनताबाट काटिएका छन्, कि त जनतासामु घुँडा टेकेका इतिहास छन्,' उनले भनिन्, ‘भयानक अवसान निम्त्याउने तानाशाही बाटोमा अघि नबढ्न आग्रह गर्दछु।’ 

    जनताको बलिदानबाट प्राप्त संविधानको अपमान गरेको भन्दै उनले जनताको आशा र भरोसामाथि कुठराघात गरेको बताइन्। प्रधानमन्त्री ओलीले जनताले समृद्धिको आशासहित नेकपालाई दिएको बहुमतको दुरुपयोग गरेको भन्दै जनतालाई छलछाम नगर्न झाँक्रीले चेतावनी दिइन्। 

    संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाएको भन्दै आन्दोलनबाट संसद पुनःस्थापना हुने उनले बताइन्। जनताले दिएको मतलाई लत्याएर जनताको भावनामाथि कुठराघात गरेको उनको आरोप छ।

    ‘संविधानको व्याख्या सर्वोच्च अदालतले संविधानको पक्षमा गर्नेछ, हामीलाई अदालतप्रति भरोसा छ,' संसद पुनःस्थापना हुन्छ,’ झाँक्रीले भनिन्। 

    आधिकारिक नेकपा प्रचण्ड माधव नेतृत्वको नेकपा भएको भन्दै उनले केही चोइटिएर गएकाहरुले आफू संस्थापन भएको दाबी गर्नु हास्यास्पद भएको बताइन्। ‘विधि प्रक्रिया र विधानलाई नमान्नेहरुले पार्टी कार्यालयमा ताला लगाउँदैमा आधिकारिकता प्राप्त हुँदैन’, उनले भनिन्, ‘सामान्य नागरिकलाई पनि आधिकारिक पार्टी को हो भन्ने कुरा राम्रोसँग थाहा छ, टोले गुण्डाको शैलीमा पार्टी कार्यालयमा ताला लगाउँदैमा केही हुने वाला छैन।’

    उनले कांग्रेसलाई पनि ओलीको लाइनमा हिँडेको आरोप लगाइन्। उनले कांग्रेसलगायत दललाई संसद विघटनविरुद्ध एक जुट हुन पनि आग्रह गरिन्। 

    कार्यक्रममा अन्य केन्द्रीय सदस्यहरुले पनि आन्दोलनले संसद् पुनःस्थापना हुने भन्दै आन्दोलनले प्रतिगामीहरु बढारिने बताए। उनीहरुले पार्टीको नाम र चुनाव चिह्नको दाबी गर्ने अधिकार ओली समूहको नभएको भन्दै पार्टीको नाम ‘ओम्नी’ र चुनाव चिन्ह ‘बयलगाडा’ राख्न भन्दै कटाक्ष गरे।

    केन्द्रीय सदस्यहरु नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्टलगायत नेताले सम्बोधन गरेका थिए। त्यसअघि वीरेन्द्रनगरको मंगलगढी चोकबाट र्‍याली निकालिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]