पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
ओखलढुंगा : हरेक वर्षको मंसिर पुस पैयुँ फूल्ने सिजन हो। यस सिजनमा वनमा पैयुँ ढकमक्क फूलेको देखिन्छ। गुलाबी र सेतो रङमा फूलेको पैयुँले गाउँघर र जंगलको शोभा बढाएको छ। जिल्लामा फूलेको पैयुँ भने त्यसै खेर गइरहेको पाइन्छ। पैयुँ घाँस दाउरा र काठका लागि उपयोगी हुन्छ। बरु पशु चौपायाका लागि डालेघाँस, दाउरा र काठका रुपमा पैयुँ प्रयोग हुने गरेको छ।
पहाडी क्षेत्रका नांगा डाँडाहरु वर्षौँदेखि खेर गइरहेका छन्। ती क्षेत्रमा पैयुँ हुर्कने संभावना पनि छ। नांगा डाँडाहरुमा अभियानकै रुपमा पैयुँको वृक्षारोपण, मलजल र हेरचाह गर्ने हो भने कम लगानीमै पर्यटकीय क्षेत्र निर्माण गर्न सकिन्छ।
यही फूल देखाएर जापानले हरेक वर्ष पर्यटकबाट अरबौँ कमाउँदै आएको छ। जापानको राष्ट्रिय फूलसमेत रहेको पैयुँलाई जापानले साकुरा नामले चिन्ने गर्छ।
केही तस्वीर झलक :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।