पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
जाजरकोट : सडक सञ्जाल पुगेपछि जाजरकोटमा उत्पादिन सुन्तला देशका विभिन्न स्थानसम्म निर्यात हुन थालेको छ। बिक्री नभएका साना सुन्तलाबाट भने जस उत्पादन थालिएको छ।
बिक्री नभएका साना सुन्तला खेर जान नदिन जुस उत्पादन थालिएको हो। प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय ईकाइ जाजरकोटको सहयोगमा उत्पादन सुरु गरिएको कार्यालय प्रमुख पिताम्ेबर बस्नेतले बताए। उनले भने, ‘ग्राहकले मन नपराई बिक्री नभएका साना सुन्तलाबाट जुस बनाउँदा सदुपयोग हुने अनुभव गरियो। सोही अनुसार किसानसँग हाम्रो सहकार्य छ।’
परियोजनाले जिल्लाभरिका अगुवा किसानलाई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको हो। यसका साथै उपकरण समेत हस्तान्तरण गरिरहेको छ। नलगाड नगररपालिका, कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ। २२ जना अगुवा किसानले पहिलोपटक जुस बनाउने तालिम लिएका छन्। अघिल्लो वर्ष जुस बनाउने एउटा मेसिन रातो पाण्डा कृषि सहकारीलाई दिइएको थियो।
कोरोना महामारीका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री कम भएको कुशे गाउँपलिका–५ दमदालाका किसान शक्ति ओलीले बताए। सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पु¥याउने अभियानमा लागेको ओलीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।