समाज

चाडपर्व राष्ट्रिय एकता, सद्‍भाव र सहिष्णुताका मौलिक पहिचान : प्रधानमन्त्री

फाइल फोटो
पुस १५, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।  तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

    उनले प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको पनि बताए।  नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको बताउँदै उनले भने,‘एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्।’
        
    नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको जानकारी दिदै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उनले बताए।

    उनले भने,‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। यस विशेषतालाई आत्मसात् गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ।’ 

    तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ। गुरुङ भाषामा ‘ल्हो’लाई दिन र ‘छार’लाई फेरिने अर्थमा लिइन्छ। भूगोल अनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष फेरिने दिनका रुपमा मनाउने गर्छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]