राजनीति

वैशाखमा चुनाव हुँदैन, ओली सरकार पनि रहँदैन : नेता पुन

पुस १५, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा पूर्व-ऊर्जामन्त्री वर्षमान पुनले वैशाखमा चुनाव नहुने दाबी गरेको छन्। उनले गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन्। 

    प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन तोके पनि चुनाव नहुने दाबी गरेका हुन्। उनले वैशाखपछि ओली सरकार पनि नरहने दाबी गरेको छन्। 'वैशाखमा निर्वाचन हुँदैन। उहाँ प्रधानमन्त्री रहिरहनु हुँदैन' उनले भने।  उनले ओलीको राजनीतिक जीवन नै धरापमा परेको तर्क गरे। 

    यस्तै, मंगलबार अध्यक्ष दाहालले विरोधसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकार वैशाखपछि नरहने बताएका थिए। 

    'ओली कसैको गोटी भएका हुन्। वैशाखपछि उनी पत्ता साफ हुन्छ। उनले आफैँ श्री ३ महाराज हुन्छु भन्नु कहाँसम्मको कुरा हो' उनले भनेका थिए 'पार्टी फुटिहाल्यो अब लोकतन्त्रमाथि भएको यत्रो घात भयो। संविधान धरापमा जान्छ। वैशाखमा चुनाव हुँदैन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]