राजनीति

भोलि राष्ट्रियसभाका सदस्यहरूको कोरोना परीक्षण गरिने

पुस १५, २०७७

    काठमाडौं : भोलि (बिहीबार) राष्ट्रियसभाका सदस्यहरुको कोभिड–१९ परीक्षण गरिने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेसँगै सदस्यहरुको कोभिड परीक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।  

    राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन पनि अध्यक्ष तिमिल्सिनाले अपिल गरेका छन्।  
     १७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको उनको भनाई छ।  

    ‘अहिले हामी कोभिड–१९ कै महामारीका बीचमा छौं । तसर्थ स्वास्थ्य सावधानि अपनाउने कुरामा माननीयज्यूहरु जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरु अलिक सर्तकता, क्वारेन्टाइनसम्म बस्ने पनि बिचार गरेर आइदिनुपर्‍याे,’ बुधबार न्यूज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘भोली उहाँहरुको स्वाब संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौं। पर्सि रिपोर्ट आइहाल्छ। त्यसको आधारमा प्रवेश गर्छौं। यसकारण स्वाव दिनुअघि आजको दिनमा पनि बाहिर, अरु मासमा अन्यत्र नजाऊँ । किनकी आजको संक्रमण भोलीको स्वाबमा देखिँदैन। त्यसकारण सर्तकता अपनाऊँ।’

    अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यबाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गरेका छन्।  अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानि अपनाउन सकेको खण्डमा राष्ट्रिय सभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधा बिना नै अगाडी बढाउन सकिने विश्वास व्यक्त गरे।

    साथै उनले प्रतिनिधि सभा नभएको अवस्थामा बिलहरू दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेस भएन भने सदन लामो समय लैजान नसकिने पनि बताए।  राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]