राजनीति

संसद् विघटनविरुद्ध प्रचण्ड–माधव समूहले अरू दलसँग पनि सहकार्य गर्ने

पुस १५, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष अब संसद् विघटनविरुद्धको आन्दोलनमा एक्लै नजाने भएको छ। तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले आन्दोलनमा जानका लागि अन्य दलसँग पनि सहकार्य गर्ने निर्णय गरेको हो। 

    'आजको बैठक हिजो भएको विरोध प्रदर्शनको विषयमा समीक्षा भयो। र अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भयो' स्थायी कमिटी सदस्य रघुजी पन्तले थाहाखबरसँग भने, 'अब एक्लैभन्दा पनि अरू प्रतिपक्षी दलसँग सहकार्य गरेर साझा रूपमा आन्दोलनमा जान छलफल चलाउँछौँ।'

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाको प्रचण्ड माधव पक्षका साथै, प्रतिपक्षी दलहरू कांग्रेस, जनता समाजवादी पार्टी, राष्टिय जनता पार्टी (जसपा) लगायतले विरोध गरिरहेका छन्। 

    प्रचण्ड पक्षले मंगलबार काठमाडौंसहित देशभर प्रदर्शन गरेको थियो। यस्तै अन्य दलले पनि विरोध जनाइरहेका छन्। यद्यपि, प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचनको मिति तोकेपछि निर्वाचनमा जाने या आन्दोलनमा उत्रिने भन्ने विषयमा कांग्रेसमा विवाद भइरहेको छ। 

    कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल आन्दोलनमा नजाने पक्षमा छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको कदम असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने अडानमै छन्।

    प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि पुनःस्थापनाका लागि सबैको ध्यान सर्वोच्च अदालतमा पुगेको छ। प्रचण्ड पक्षले बहुमतको सदस्यको हस्ताक्षरसहित संसद पुनःस्थापना गर्नुपर्ने माग गरिरहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]