राजनीति

प्रचण्ड–माधवलाई ओलीको कटाक्ष : राम्रो काम गर्ने डुंगाबाट छुट्नुभयो

पुस १५, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्। उनले ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

    प्रचण्ड माधवलाई कटाक्ष गर्दै उनले भने, केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो। तर, उहाँहरूले समातेर अघि बढ्न दिनुभएको थिएन। अहिले डुंगा बढ्यो। तर, उहाँहरू छुट्टिनुभयो।’

    उनले सरकारले राम्रो काम गर्न खोज्दा कामै गर्न नदिएको आरोप लगाए। ‘गणतन्त्र र महिलाहरूप्रति उहाँको धारणा कस्तो रहेछ उहाँको नाराले देखाइसक्यो’ उनले भने, ‘उहाँको ध्यान पदमै छन्। अरूलाई अपमान गर्नेमा ध्यान छ। अनि कसरी देशप्रति ध्यान जान्छ।’


    प्रचण्ड पक्षले पार्टी एकताको विरोधमै रहेको बताए। कम्युनिस्ट एकता कायम गर्नका लागि धेरै प्रयास गरेको भए पनि सम्भव नभएको आरोप लगाए। 

    ‘मैले प्रचण्डसँग छोरी जिताउनका लागि कांग्रेससँग मिल्नुभयो। मतपत्र’सँगै गणतन्त्र पनि च्यात्नुभयो। तर, तपाईलाई धेरै फाइदा भएन। त्यसैले हामी सहमतिमा एकतामा अगाडि जाऔँ भनेर पार्टी एकता गरौँ भनेँ’ उनले भने, ‘मैले ४० प्रतिशत दिने भएपछि उहाँ सहमतिमा आएर एक भएर चुनाव लडेका थियौँ।’

    प्रचण्डले आफूसँग मिलेर चुनाव जितेपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]